पश्चिम नवलपरासीमा तरुण दलको जिल्ला समिति बिस्तार

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन २४ गते ९:३५
पश्चिम नवलपरासीमा  तरुण दलको जिल्ला समिति  बिस्तार

नवलपरासी । नेपाल तरुण दल नवलपरासीका सभापति सुकबहादुर गुरुङले जिल्ला कार्यसमिति विस्तार गरेका छन् ।

सभापति गुरुङले शुक्रबार विज्ञप्ति जारी गरेर कार्यसमिति विस्तार गरेको जानकारी दिएका छन् । गुरुङले तरुण दलको विधानअनुसार कार्यसमिति विस्तार गरेको जनाएका छन् ।

सभापति गुरुङद्वारा विस्तार गरिएको कार्यसमितिमा गोपी पुनले उपसभापतिको जिम्मेवारी पाएका छन् । सचिवमा यज्ञप्रसाद पौडेल, कोषाध्यक्षमा अशोककुमार चौधरी, सहसचिवद्वयमा भरत पौडेल र सुरज भट्टराईले जिम्मेवारी पाएका छन् ।

नवलपरासी जिल्ला विभाजित भएपछि तरुण दलको कार्यसमितिले पूर्णता पाउन सकेको थिएन । शुक्रबारदेखि तरुण दलको कार्यसमितिले पूर्णता पाएको छ ।

सदस्यहरूमा दिनेश न्यौपाने, कमि दिन शेक, श्याम अर्याल, सञ्जित शर्मा, यमबहादुर खत्री, राजु देवान, सुरेन्द्र यादव ‘गुड्डु’, अनिता गौड, राजकुमार गुप्ता, सन्तोष गुरुङ, कमल थापा, सुशील भुर्तेल, नरबहादुर थापा, उषा बास्तोला, प्रज्ञा पाण्डे र कुष्ण शाही मनोनीत भएका छन् ।

मनोनीत हुने सदस्यहरूमा मोहन बिक, दीपक थापा, विष्णु पुरी, सुशील अर्याल, सर्वेश जैशवाल, नरेश भट्टराई, सन्दीप केसी, राजु जिसी, जीवन क्षेत्री, रञ्जन चौधरी, मोहन राजभर, रवि केसी, जितेन्द्र यादव, गणेशबहादुर गाहा र इन्दल चौधरी रहेका छन् ।

मनोज सैथवार, बासुदेव चौधरी, संगीता थापा, सन्तोष पौडेल, बलिराम यादव, रामकृष्ण बस्याल, हेमलाल पाण्डे, शिवकुमार रौनियार, दीपक थापा, सुनिल योगी, विष्णु सुवेदी, नवराज चौधरी, नवराज अधिकारी, माधव ढकाल र अब्दुल रजाक सदस्यमा मनोनीत भएका छन् ।

प्रकाशित : २०७६ फागुन २४ गते ९:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI