चार दिनमै ६ लाख ६८ हजारले राजधानी छाडे

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १० गते ६:५२
चार दिनमै ६ लाख ६८ हजारले राजधानी छाडे

सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आईतबार मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आईतबार ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्। यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु भित्रिएको महाशाखाले जनाएको छ। 

चैत ६ गतेपछि चार दिनको अवधिमा राजधानी छाड्ने यात्रुको सङ्ख्या भने छ लाख ६८ हजार २६ पुगेको छ । शनिबार दुई लाख ६ हजार यात्रुले र  शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेका थिए।

राजधानी भित्रिने क्रम क्रमशः घट्दै गएको छ भने बाहिरिने क्रम बढ्दो रहेको महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।  

प्रकाशित : २०७६ चैत १० गते ६:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI