ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुका लागि सरकार बेलैमा गम्भीर बनोस :लामिछाने

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १३ गते १९:३९
ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुका लागि सरकार बेलैमा गम्भीर बनोस :लामिछाने

नवलपुर । नेपाली काङ्ग्रेस नवलपुरका सभापती तथा गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले मुलुक पुरै ठप्प भएको अवस्थामा ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु सबै भन्दा बढी समस्यामा पर्ने र पिडित हुने भएकाले राज्यले बेलैमा यसतर्फ सोच्नुपर्ने बताएका छन ।” मुलुक लकडाउनमा रहेका कारणले सबै कल कारखाना उद्योग धन्दा बन्द छन,यसको सिधा असर ज्याला गरेर पेट पाल्नेलाई पर्दछ सरकार यो विषयमा चाडो भन्दा चाडो संबेदनसिल हुन आवस्यक छ ” उहाँले यो बेला कसैको आलोचना नगरी सबै एक भएर महामारी सङ्ग लड्ने साहश जुटाउनुको बिकल्प नभएको बताउनुभएको छ ।

लामिछानेले कोरोना भाईरस (कोभिड 19)को महामारी नियन्त्रणमा अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी ,एम्बुलेन्स चालक,सुरक्षाकर्मीको उच्च मनोबलको सम्मान गर्दै क्वारेन्टाइन होम र आईसोलेसनको निर्माणमा स्थानिय सरकारले काम गरिरहेको एबं त्यसको ब्यवस्थापन अझ परिपक्क हुनुपर्नेमा जोड दिनुभएको छ ।


उहाँले आजको दिन सम्म आफुले सक्ने सबै किसिमको सहयोग गरिरहेको र आगामी दिनमा जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ ।
लामिछानेले आज अपिल जारी गर्दै यो बिषम परिस्थितिमा उच्च मनोबलको साथ सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
हेर्नुहोस अपिल ।

प्रकाशित : २०७६ चैत १३ गते १९:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI