वीर अस्पतालमा दुईसहित तीनजनाको मृत्यु, कोभिड-१९ भए/नभएको परीक्षण हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १७ गते १७:०४
वीर अस्पतालमा दुईसहित तीनजनाको मृत्यु, कोभिड-१९ भए/नभएको परीक्षण हुँदै

काठमाडाैं। वीर र पाटन अस्पतानमा उपचाररत तीन जना बिरामीको मृत्यु भएको छ। कोभिड-१९ सँग मिल्दा लक्षण देखिएका वीर अस्पतालमा दुई र पाटन अस्पतालमा एक गरी तीन जना बिरामीको मृत्यु भएपछि उनीहरू कोरोना भाइरस संक्रमित भए/नभएको परीक्षणका लागि स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल र पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरूको नमूना परीक्षणकाे रिपाेर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृत्यु भएका तीनैजनाको नमूना संकलन गरिसकिएको र रिपोर्ट आइनसकेको बताए। “मृत्यु भएका व्यक्तिहरूमा अन्य रोगको समस्या पनि भएको देखिन्छ। ज्वरो लगायतका लक्षण पनि देखिएको पाइएको छ”, उनले भने, “परीक्षण गरेर रिपोर्ट नआएसम्म मृत्युको कारण भन्न सकिँदैन।” उनले बुटवलस्थित कोरोना अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका ३४ वर्षीय युवकको कोरोना भाइरस नेगेटिभ देखिएको बताए। वीर अस्पतालमा मृत्यु भएकी एक महिलामा ब्लड प्रेसर, मधुमेहसहित फिबरको समस्या देखिएको अस्पतालले जनाएको छ। अर्को मृत्यु भएका नागरिक भारतीय हुन्। उनी कालीमाटीमा बस्दै आएका थिए। मन्त्रालयले देशैभर ९३ जना आइसोलेसनमा रहेको जानकारी दिएको छ। प्रदेश लगायतका स्थानबाट अहिलेसम्म २१७ वटा नमूना संकलन भएर आएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए। सरकारले आज प्रदेश १ को विराटनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आज एकहजार पीपीई, २० हजार गलब्स र १० हजार मास्क पठाइएको जनाएको छ। अन्य प्रदेशमा गाडीबाट सामान पठाइँदैछ। पाँचौ संक्रमितपछि आजसम्मको परीक्षणमा कुनै पनि नमूना परीक्षणको रिर्पोट पोजेटिभ नआएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७६ चैत १७ गते १७:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI