मध्यविन्दु नगरपालिकाले राहतका लागि विपन्न परिवारको नामावली प्रदेशमा पठायो

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत १८ गते २१:४०
मध्यविन्दु नगरपालिकाले राहतका लागि विपन्न परिवारको नामावली प्रदेशमा पठायो

सुबास खत्री/चोरमारा
मध्यबिन्दु नगरकार्यपालिको कोरोना रोकथाम, नियन्त्रण र राहत व्यवस्थापन सम्बन्धी समितिको आज बसेको बैठकले नगर भित्रका गरिव एवम् अति विपन्न परिवारको नामावलि गण्डकी प्रदेशमा पेस गर्ने निर्णय गरेको छ ।
आजको बैठकको निर्णय अनुसार प्रदेश सरकारले माग गरे अनुसार मध्यविन्दु नगरपालिका भित्रका १५ वटै वडाका विपन्न परिवारको नामावली तयार पारि पठाइएको हो । त्यसैगरी नगर भित्र उपलब्ध भएको पिपिई कोरोना भाइरस रोकथाम नियन्त्रण सम्बन्धी प्रत्यक्ष रुपमा संलग्न सबैलाई तुरुन्त वितरण गर्ने निर्णय गरिएको छ ।साथै एम्बुलेन्स चालकहरुलाई कोरोना सम्बन्धी प्रशिक्षण सहित पिपिई वितरण गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पोखरलले जानकारी दिनु भयो । नगर भित्रका वडागत स्थापना गरिएका अस्थायी क्वारेन्टाइनमा रहेका व्यक्तिमा कोरोना प्रारम्भिक लक्षण देखिएमा सम्वन्धित अस्पताल सम्म पुर्याउने कार्यमा गम्भिर भएर संयन्त्र परिचाल गरिने भएको छ । अस्पताल पुर्याउनका लागि मध्यविन्दु नगरपाकिाले एम्वुलेन्स निशुल्क व्यवस्था गरिने मध्यविन्दु नगरपालिका प्रमुख चन्द्र वाहादुर रानाले वताउनु भयो । कोरोना रोकथाम तथा न्यूनीकरण को लागि सार्वजनिक स्थल मा नियमित सरसफाईको व्यवस्था गरिने भएको छ । नगर भित्रका स्वास्थ्य चौकी, नगरपालिका तथा वार्ड कार्यालयहरू, क्वारेन्टइन लगायतका स्थानमा हाइपो क्लोराइड, फिनेलको व्यवस्था गरी नियमित सरसफाईको प्रवन्ध गरिने भएको हो । त्यसैगरी मध्यविन्दु नगरपालिका भित्र राहात एवम् सहयोग सामाग्रि वितरण कार्य एकद्धार प्रणालि वाट गरिने भएको छ । नगरपालिकाको अनुमति विना कसैले पनि राहात कोष स्थापना गर्ने एवम् वितरण गर्न नपाइने मध्यविन्दु नगरपालिका प्रमुख रानाले वताउनु भयो । न्यून आयश्रोत भएका नगरवासी हरुलाई समान सहयोग पुगोस भनि नगरपालिकाको स्वीकृति लिएर मात्र सहयोग गर्न पाइने नियम वनाइएको प्रमुख रानाले वताउनु भयो ।

आजका बैठकका निर्णयहरु

१) गण्डकी प्रदेशको सर्कुलर बमोजिम, राहत व्यवस्थापन र वितरण को अति विपन्न परिवारको नामावली माग भै आएकाले, वार्ड गत रुपमा नगर ले संकलन गरेको नामावली आवश्यक छलफल र सदर गरी पठाइएको छ।
२) नगरमा उपलब्ध भएको PPE , कोरोना भाइरस रोकथाम नियन्त्रण सम्बन्धी प्रतक्ष्य रुपमा संलग्न सबैलाई तुरुन्त वितरण गर्ने, साथै एम्बुलेन्स चालकहरुलाई कोरोना सम्बन्धी प्रशिक्षण सहित PPE वितरण गर्ने।
३) नगरभित्रका वार्ड गत स्थापना गरिएका अस्थायी कोरोन्टाईनमा रहेका नगरवासीहरुमा कोरोना प्रारम्भिक लक्षण देखिएमा, सम्बन्धित अस्पताल सम्म पुर्याउन समन्वय र एम्बुलेन्स खर्च नगरपालिकाले व्यवस्था गर्ने।
४) कोरोना (COVID-19) रोकथाम तथा न्यूनीकरण को लागि सार्वजनिक स्थल जस्तै स्वास्थ्य चौकी, नगरपालिका तथा वार्ड कार्यालयहरू, कोरोन्टइइन स्थलहरु लगायतमा हाइपो क्लोराइड, फिनेलको व्यवस्था गरी नियमित रुपमा छर्कने।
५) यस महामारीमा न्यून आयश्रोत भएका नगरवासी हरुलाई सहयोग गर्न कुनै संघ/संस्था आदिले कुनै पनि किसिमको राहत कोष वा वितरण गर्न नगरपालिकाको कार्यालयको अनुमति लिनु पर्ने। (पारदर्शिता र समान वितरणको लागि)

प्रकाशित : २०७६ चैत १८ गते २१:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI