कोरोना अपडेट: टेकुमा उपचाररत दुई संक्रमित नेपालीको दोस्रो रिपोर्ट पनि पोजेटिभ

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २० गते १४:५८
कोरोना अपडेट: टेकुमा उपचाररत दुई संक्रमित नेपालीको दोस्रो रिपोर्ट पनि पोजेटिभ

कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ।

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको हो।

चैत ४ मा फ्रान्सबाट नेपाल आएकी १९ वर्षीय युवतीमा चैत १० गते र यूएईबाट चैत ६ गते नेपाल आएका ३४ वर्षीय युवामा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरुको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दोस्रो नमुना संकलन लिएर जाँदा गर्दा रिपोर्ट पोजेटिभ नै आएको हो । उनीहरुको टेकुमै उपचार भइरहेको छ ।

रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना निको भएका छन् ।

प्रकाशित : २०७६ चैत २० गते १४:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI