नोवल एकेडेमी द्धारा खाद्य सामाग्री हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २२ गते १०:०८
नोवल एकेडेमी द्धारा खाद्य सामाग्री  हस्तान्तरण

नवलपुरको कावासोतीमा रहेको नोवल एकेडेमीले शुक्रबार कावासोती नगरपालिकालाई ६० हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ।

नगरपालिका मार्फत नगरपालिका भित्रका दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने घर परिवारलाई राहात स्वरूप खाद्य सामाग्री हस्तान्तरण गरिएको हो।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन, उप-प्रमुख प्रेमशंकर मर्दनिया थारुलाई उक्त खाद्य सामाग्री हस्तान्तरण गरिएको हो।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई जिविकोपार्जनमा समेत समस्या भएको महशुस गरि विद्यालयको तर्फबाट राहात सामाग्रि प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद सापकोटाले बताउनु भयो।

प्रकाशित : २०७६ चैत २२ गते १०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI