सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकायो : विप्लव

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २३ गते ७:२३
सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकायो : विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको आरोप लगाएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारी सूचना संयन्त्रको विश्वसनियता नै नभएको भन्दै कोरोनाबाट धेरैको मृत्यु भएको हुन सक्ने दाबी गरेका छन्। 

चीनको वुहानमा कोरोना संक्रमण देखिँदा समेत नेपाल सरकारले तत्पर देखाउन नसक्दा अझै ठूलो मात्रामा संक्रमण फैलिन सक्ने विप्लवको भनाइ छ। माहामारीको यस संकट घडीमा चीनबाट ल्याएका सामाग्रीमा समेत घुसखोर‚ कमिसनखोर देखिएको प्रति विप्लवले आपत्ति जनाएका छन्।

लकडाउनको अवस्थामा गरीब र दैनिक ज्यालादारी काम गर्ने श्रमिकलाई खानपिनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीलाई स्वदेश आउने व्यवस्था गरी सुरक्षित क्वारेनटाइनको व्यवस्था गरी खानपिनको व्यवस्था गर्न भनिएको छ।

धेरै जसो निजी अस्पतालले सामान्य अवस्थाका बिरामीलाई समेत उपचार गर्न नमान्ने अस्पताललाई कानूनी दायरामा ल्याउन माग गरिएको छ। कोरोना भाइरस सिंगो मानवजातिविरुद्धको महामारी भएको भन्दै विप्लवले कोरोनाविरुद्धको महामारीमा सबैसँग सहकार्य गर्न तयार रहेको बताएको छ।

प्रकाशित : २०७६ चैत २३ गते ७:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI