राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २४ गते १९:५६
राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए। राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ।

उनी यसअघि डा. चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस भएका थिए। तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले उनलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो।

नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाएका छन्।

प्रकाशित : २०७६ चैत २४ गते १९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI