जानकी ग्यास उद्योगको कारोबार १५ दिनका लागि निलम्बन

NAWALPUR TIMES
प्रकाशित : २०७६ चैत २५ गते ७:००
जानकी ग्यास उद्योगको कारोबार १५ दिनका लागि निलम्बन

नेपाल आयल निगमले जानकी ग्यास उद्योगको कारोबार निलम्बन गरेको छ।

आयल निगमको निर्देशन अटेर गरेर १४.२ किलोको ग्यास बिक्रि वितरण गरेको पाइएपछि १५ दिनका लागि कारोबार निलम्बन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए।

‘ग्यासको उच्च माग सम्बोधन गर्न निगमले लागू गरेको आधासिलिण्डर ग्यास बिक्रि वितरणको बर्खिलाप हुनेगरी काम गरेको पाईएपछि कारबाही गरिएको हो,’ प्रवक्ता उपाध्ययले भने।

निगमको निर्देशन अटेर गरी ग्यासको बजारीकरण गरिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको पनि निगमले जनाएको छ ।

प्रकाशित : २०७६ चैत २५ गते ७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI