ढाडमा गोली लाग्दा एक जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १५ गते १८:५६
ढाडमा गोली लाग्दा एक जना घाइते

नवलपुर — पूर्वी नवलपरासीको दुर्गम पहाडी चुलीबोझा गाउँमा गोली लागेर एक जना घाइते भएका छन्। बुलिंटार गाउँपालिका- ४ का ४६ वर्षीय नरबहादुर मगर भरुवा बन्दुकको गोली लागेर घाइते भएका हुन्। आइतबार दिउँसो ढाडमा गोली लागेका उनको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ।

‘ढाडमा गोली लागेकाले घटना शंकास्पद छ,’ एसपी दीपक रेग्मीले भने, ‘घर नजिकै जंगलमा बाबुछोरा भरुवा बन्दुक लिएर गएको जानकारी पाएका छौं। थप अनुसन्धान हुँदै छ।’ घटनापछि प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो।

प्रकाशित : २०७७ वैशाख १५ गते १८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI