कोरिया जाने श्रमिकका लागि चार्टर्ड उडान गरिँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख १७ गते ८:०४
कोरिया जाने श्रमिकका लागि चार्टर्ड उडान गरिँदै

दक्षिण कोरियाबाट बिदामा आएर पुनः जान नपाएका नेपाली श्रमिकको कोरिया जाने बाटो खुलेको छ ।

नेपाल सरकारले ईपीएसमार्फत दक्षिण कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशज्ञा (भिसा) भएको हकमा सम्बन्धित व्यक्तिको स्वेच्छाले सम्बन्धित व्यक्तिकै खर्चमा स्वास्थ्य परीक्षण गराई निजकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिन सकिने छ ।
उक्त व्यवस्थासँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत गएर बिदामा आएका श्रमिकलाई आफ्नो खर्चमा जान चाहेको खण्डमा ईपीएस शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरेको हो ।

प्रकाशित : २०७७ वैशाख १७ गते ८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI