गैंडाकोटको अपांग जीवन विकास संस्थालाई विपतमा हामी अभियानको सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २० गते १४:५७
गैंडाकोटको अपांग जीवन विकास संस्थालाई विपतमा हामी अभियानको सहयोग

गैंडाकोट । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) ले मुलुकलाई पनि आक्रान्त पारेको छ । दैनिक ज्यालादारी अर्थात मजदु्री गरेर खाने लगाएत अपांग र असहाय लाई दैनिक जीवनयापनमा पनि कष्ट हुन थालेको र बिहान बेलुकाको छाक टार्न निकै कष्ट भएको भन्ने खबरले दुखित तुल्याएको भन्दै गैंडाकोट मा रहेको ‘विपतमा हामी’ अभियानले गैंडाकोट नगरपालिका वडा नम्बर १ मा रहेको अपाङ्ग जीवन विकास संस्थालाई सहयोग गरेको छ । अपाङ्ग जीवन विकास संस्थामा दैनिक छाक टार्न समेत समस्या परेको भन्ने समाचार आएका कारण आफूहरु सो स्थानमा पुगी राहत वितरण गरेको विपत मा हामीका सह संयोजक गोपाल सापकोटाले जानकारी दिएका छन् । अपाङ्ग जिवन विकास संस्था गैंडाकोट-१ को परिसर मा भएको कार्यक्रम मा गैंडाकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा,वडा सदस्य हरु तेजु घिमिरे, यदु सापकोटा समाजसेवी दोर्ण बन सन्यासी,कमल पराजुली,किशन गुरुङ,लगाएत जनप्रतिनिधि तथा सामाजिक अभियन्ता को उक्त खाद्यान्न सामाग्री वितरण कार्यक्रम मा उपस्थिति रहेको थियो । कार्यक्रम मा “विपत मा हामी” अभियानले अहिले मात्रै नभै हरेक समयमा यसरी नै आफ्नो सक्रियता बढाउने र “विपतमा हामी” अभियानलाई राजनीतिक रूपमा नजोडिदिन संस्थाका संयोजक गोकुल सापकोटाले आग्रह गरेका छ्न । अपाङ्ग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले अहिले २२ जाना अपाङ्गता भएका व्यक्तिहरु रहेको केहि विभिन्न रोगका रोगी समेत रहेका ले यो लकडाउन मा औषधिको अभाव भएकोले औषधि लगाएतका सामाग्रीमा पनि सहयोग गरिदिन अपिल गरेका थिए ।
नेपाल सरकार र गैंडाकोट नगरपालिका को निर्णय अनुसार एकद्धार प्रणालीलाई आत्मसात गर्दै गैंडाकोट का विभिन्न सामाजिक अभियन्ताहरुको सहभागितामा खाद्यान्न वितरण गरेको “विपद मा हामी” का आर्थिक संयोजक रामनाथ तिवारीले बताए । मुलुकमा जस्तो सुकै विपत को अवस्थामा समस्यामा परेका मानिसहरुको साथी बन्ने उद्येश्यका साथ स्थापना भएको ‘विपतमा हामी’ अभियानले यस अघि विभिन्न समयमा अति बिप्पन्न परिवारलाई राहत एवं खाद्यान्न सामाग्री वितरण गरि सकेको बताइएको छ ।

प्रकाशित : २०७७ वैशाख २० गते १४:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI