आजको मौसम: असिना र हावाहुरी सहित बर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २१ गते ८:३७
आजको मौसम: असिना र हावाहुरी सहित बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमि वायुको प्रभाव ,स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

देशको पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भूभागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केही स्थानहरुमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित : २०७७ वैशाख २१ गते ८:३७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI