कोरोना संक्रमण मुक्त भएका युवा एकसातापछि फेरि अस्पताल भर्ना

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २१ गते १८:०२
कोरोना संक्रमण मुक्त भएका युवा एकसातापछि फेरि अस्पताल भर्ना

कोरोना संक्रमण मुक्त भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज भएका रौतहटका एक युवकलाई ७ एकसातापछि फेरि अस्पताल भर्ना गरिएको छ । रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय युवालाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो । तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको राखिएको छ । अन्सारीका अनुसार घर गएको तीन दिन पछि गत बुधबार नारायणी अस्पतालबाट घरमा पुगेका ३ स्वास्थ्यकर्मीले खकार, सिगान र रगतको नमुना संकलन गरी फर्किएका थिए । अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनको स्वाब परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको हो । बैशाख १४ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको श्रोतले जानकारी दिएको छ ।

प्रकाशित : २०७७ वैशाख २१ गते १८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI