लकडाउन मोडालिटी तयार पार्न उच्च स्तरीय संयन्त्रको बैठक बस्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २२ गते १४:२६
लकडाउन मोडालिटी तयार पार्न उच्च स्तरीय संयन्त्रको बैठक बस्दै

लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ ।लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू हुन लागेको प्रधानमन्त्री कार्यायका सचिव नारायणप्रसाद बिडारीले बताए। आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ। पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ। नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।

प्रकाशित : २०७७ वैशाख २२ गते १४:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI