गगन थापाको प्रश्‍न : ‘रक्षामन्त्रीको कालापानी र लिपुलेक अवलोकन, तिर्थयात्रा थियो ?’

NAWALPUR TIMES
प्रकाशित : २०७७ वैशाख २८ गते १३:४४
गगन थापाको प्रश्‍न : ‘रक्षामन्त्रीको कालापानी र लिपुलेक अवलोकन, तिर्थयात्रा थियो ?’

काठमाडौं : नेपाली कांग्रेस नेताका नेता गगनकुमार थापाले भारतको हस्तक्षेप, अतिक्रमणको घोर भर्त्सना गरेका छन्। उनले भारतलाई हाम्रो भूमि एकइन्चपनि तलमाथि भयो भने नेपालले छाड्नेवाला छैन भनेर प्रष्टसँग भन्नुपर्ने बताएका छन्।

‘केही समय अगाडि रक्षामन्त्री ज्यूले यो (कालापानी र लिपुलेक) ठाउँको अवलोकन गर्नुभएको थियो के त्यो तिर्थयात्रा थियो ?  थिएन भने उहाँले सरकारलाई के बताउनुभयो र यो बीचमा सरकारले के काम गर्‍यो ?’,‘आइतबार बिहान बसेको प्रतिनिधी सभाको  बैठकमा बोल्दै उनले भने,  भारतले प्रष्ट भनिसक्यो हामीले हाम्रो भूभागमा बनाएका हौं। र अब संक्रमण सकिएपछि तपाईहरुसँग छलफल गरौंला।’

 उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू फागुनमा त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा गएका थिए ।
सांसद थापाले भारतको यो दादागिरी र चीनको न्यानो सहयोगको प्रतिरोध गर्न नेपाली कांग्रेस, सिंगो नेपाली जनता तयार रहेको बताए । उनले सरकारले प्रतिपक्ष कांग्रेसबाट के सहयोगको अपेक्षा गरेको छ त्यो जान्न चाहेको धारणा राखे।

नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ।  भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उक्त सडकको शुक्रबार उद्घाटन गरेपछि सञ्चार माध्यमले सार्वजनिक भएसँगै सांसदहरुले विरोध गरेका हुन्।

प्रकाशित : २०७७ वैशाख २८ गते १३:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI