कावासोती घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई तत्काल कार्वाही गरियोस : सांसद गौतम

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ५:३८
कावासोती घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई तत्काल कार्वाही गरियोस : सांसद गौतम

कावासोती । गण्डकी प्रदेश सांसद ओमकला गौतमले कावासोती नगरगपालिका वडानम्वर ८ बस्ने ८२ वर्षकी जसोदा अधिकारीको मृत्यु प्रकरणमा दोषीलाई कडा कारवाही गर्न माग गरेकी छिन् ।

समाजमा रहनुभएका जेष्ठ नागरिकलाई राज्यले त सम्मान र संरक्षण गरेको सन्दर्भमा आफ्नै घरका परिवारले हत्या गरेको किटानी जाहेरी दिइसकेको समयमा घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई हदै सम्मको सजाय दिन माग गरेकी हुन्।

सांसद गौतमले आईतवार एक विज्ञप्ती जारी गर्दै भनिन्, ”वुहारी ले नै आफ्नै ८२ वर्षीय सासु अधिकारीको हत्या गरेको भनी छोराले किटानी जाहेरी दिइसकेको ले प्रहरीले छानविनमा ढिलाई नगर्न आग्रह गर्दछु । २१ औँ शताव्दीमा समेत मानवियता हराएर वृद्धाको हत्या गर्नुले समाजमा यस्ता विकृत मानसिकताको तत्काल उपचार कडा कारवाहीबाट हुनुपर्छ ताकी फेरि यस्तो जघन्य अपराध दोहोरीन नपाओस् । ”

सांसद गौतमले निर्दोष फस्न नपाउने र दोषी उम्कने नसक्ने गरी छानविन गर्नुपर्ने भन्दै मृतक अधिकारीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तब्त परिवार जनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनीन् । साथै छोराले घटनाको सत्य तथ्य छानविन गर्न प्रहरीमा दिएको उजुरीको उच्च सम्मान गर्दै आफूलाई जन्मदिने आमाको माया र ममताका लागि कहिल्यै असत्यको बाटो हिंड्न नहुने बताइन्।

यसै बिच प्रहरीले घटनामा संलग्न भनिएकी मृतककी बुहारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा सम्लग्न रहेको आशंकामा प्रहरीले उनका बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो ।

प्रकाशित : २०७७ जेठ १९ गते ५:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI