कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते ७:५०
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो
corona

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज जारी गरेको विज्ञप्ति अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ बर्षीय पुरुषको गएराति ११.३५ बजे निधन भएको हो। 

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो। कोभिड-१९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमान्चल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो। 

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

प्रकाशित : २०७७ असार ११ गते ७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI