युरोपेली मुलुक माल्टामा गुल्मी सेवा समाज गठन, अध्यक्षमा अशोक गिरी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १६ गते ७:२९

प्रकाश भण्डारी, गैँडाकोट

लामो समयदेखि बैदेशिक रोजगारीको शिलसिलामा युरोपेली मुलुक माल्टामा रहने गुल्मेलीहरूको भेलाले गुल्मी सेवा समाज माल्टा गठन गरेको छ।

२०७७ असार १५ गतेको दिन माल्टामा रही बिभिन्न पेशा, व्यवसाय र रोजगारीमा आवद्ध हुनुभएका गुल्मेली दाजुभाइ तथा दिदी बहिनीहरूको भेलाले उक्त समिति गठन गरेको हो।

भेलाले अशोक गिरीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा दिपक भण्डारी, उपाध्यक्ष शंकर भण्डारी, महिला उपाध्यक्ष सविता ज्ञवाली, सचिव राम प्रसाद भण्डारी, सह-सचिव हरि खरेल, कोषाध्यक्ष अर्जुन कनौजे, सह-कोषाध्यक्ष दिपक गौतमलाई मनोनित गरिएको छ।

सदस्यहरूमा अन्जु गौतम,लालु गिरी, शुशिल खत्री , युवराज भट्टराई खिमानन्द खरेल, प्रकाश थापा, श्रीराम अर्याल, केशव भण्डारी रहनु भएको छ।

त्यस्तै सल्लाहकारहरूमा सल्लाहकार-संयोजक राजु अर्याल, सल्लाहकार-सदस्य बिष्णु गौतम, सल्लाहकार-सदस्य रेमलाल खरेल, सल्लाहकार-सदस्य भुवन अर्याल, सल्लाहकार-सदस्य तोय नारायण पङ्गेनी रहनु भएको छ।

कार्यक्रममा रेमलाल खनाल, सन्देश केसी तथा महिला तर्फबाट सविता ज्ञवाली भण्डारीले सुभकामना मन्तव्य राख्नु भएको थियो। माल्टामा बिगत लामो समयदेखि बसोबास गर्दे आउनुभएका गुल्मेली बाबू अर्यालले उक्त समिती लाई सफल कार्यकालको लागि सुभकामना दिनु भएको थियो।

उक्त कार्यक्रम को संचालन युवा समाजसेवी तथा व्यवसायी भुवन अर्यालले गर्नुभएको समितिका सचिव राम प्रसाद भण्डारीले नवलपुर टाईम्सलाई बताउनुभयो।

प्रकाशित : २०७७ असार १६ गते ७:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI