प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुल्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १८ गते ११:५२

गैंडाकोट नगरपालिकाको तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला आज खुलेको छ।

सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार १६ गते गैँडाकोट नगरकार्यपालिकाको कार्यालयमा ताला लगाएका थिए।

असार १६ गते नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्ष, उपप्रमुख विष्णु कुमारी कडेँल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइएको थियो।

दैनिक सेवाप्रवाह गर्ने स्थलमा ताला लगाईएपछी दैनिक जसो सेवा प्रवाहमा समस्या भएको गुनासो बढेपश्चात आज प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको मात्रै ताला खुलाएको नगरसभा सदस्य राजेन्द्र प्रसाद उपाध्यायले बताउनुभयो।

आज विहान ९:४५ बजेको समयमा नगरसभा सदस्य राजेन्द्र प्रसाद उपाध्याय सहित नगरपालिकामा उपस्थित समुहले नगरपालिकामा लगाएको ताला खोलेको हो।

नगरप्रमुख छत्रराज पौडेलको कार्यकक्ष तथा उपप्रमुख विष्णु कुमारी कडेँलको कार्यकक्षमा लगाइएको ताला भने आज पनि खुलेको छैन।

प्रकाशित : २०७७ असार १८ गते ११:५२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI