नवलपुरमा थप १९ जनामा कोरोना संक्रमण : जिल्लामा संक्रमितको संख्या २ सय ५० पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ असार १८ गते २१:५२
कावासोती । नवलपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कावासोती नगरपालिकाका ३ महिला र ११ पुरुष गरेर १४ जनामा र मध्यविन्दु नगरपालिकाका १ महिला र ४ पुरुष गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
Facebook Comment