गोरखा जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत एक पुरूषको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते ८:५६
गोरखा जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत एक पुरूषको मृत्यु
corona

गोरखा जिल्ला अस्पतालको आइसोलेशनमा रहेका एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला अस्पताल गोरखाले प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण देखिएपछि अस्पतालको आइसोलेशनमा उपचार गराईरहनु भएका ४४ वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

पालुङटार नगरपालिका ७ निबासी उहाँ मंगलबार मात्र कतारबाट नेपाल फर्कनु भएको थियो। मधुमेह, उच्च रक्तचाप लगायतका दीर्घरोगी समेत रहनु भएका उहाँलाई गाह्रो भएपछि शुक्रबार राती १० बजे जिल्ला अस्पतालको आइसोलेशनमा ल्याइएको थियो ।

उपचारको क्रममा शनिवार विहान ५ बजे उहाँको मृत्यु भएको जिल्ला अस्पताल गोरखाका निमिक्त मेडिकल सुपरिटेन्डेन नबिन थापाले जानकारी दिनुभयो ।
उहाँको १८ गते पिसिआर परीक्षणको लागि नमूना संकलन गरी पठाइएकोमा १९ गते पोजेटिभ रिर्पोट आएको थियो ।

प्रकाशित : २०७७ असार २० गते ८:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI