नारायणगढ–मुग्लीङ सडकखण्डमा ठूलो पहिरो, दुईतर्फी नै सडक अवरुद्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन ५ गते ७:३८
नारायणगढ–मुग्लीङ सडकखण्डमा ठूलो पहिरो, दुईतर्फी नै सडक अवरुद्द

नारायणगढ–मुग्लीङ सडकखण्ड अवरुद्द भएको छ । 

अविरल बर्षात्का कारण सडकखण्डको ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै आज बिहान ५ बजेको समयमा ठूलो पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।पहिरो खस्ने क्रम जारी नै रहेकाले तत्काल पहिरो हटाउन कठिनाई भएको समेत चितवन ट्राफिकले बताएको छ । बाटो खुलाउनको लागि आवश्यक पहल र प्रयास जारी रहेको छ।

साथै चितवन ट्राफिकले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र पूर्ववत् यात्रामा अगाडि बढ्न सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित : २०७७ साउन ५ गते ७:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI