पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या २० हजार नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १७ गते १६:३५
पछिल्लो २४ घण्टामा ३ सय १५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या  २० हजार नाघ्यो

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्।

देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।

शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन्। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए। 

अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रकाशित : २०७७ साउन १७ गते १६:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI