एमसीसीको बारेमा पार्टीले निर्णय गरेको छैन, समर्थन गरेको हैन : प्रचण्ड

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २३ गते १२:०६
एमसीसीको बारेमा पार्टीले निर्णय गरेको छैन, समर्थन गरेको हैन : प्रचण्ड

काठमाडौं : नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीले एमसीसीको बारेमा निर्णय गरि नसकेको हुनाले आफूले आम हड्तालका क्रममा सो नारा लगाउनबाट रोकेको बताएका छन्।

 

 

ललितपुरमा आयोजित पत्रकार भेटमा प्रचण्डले संवैधानिक अंगका पदाधिकारी नियुक्तिको विरोधमा गरिएको आन्दोलनमा अरु नारा घुसेपछि त्यसलाई रोक्न मात्र खोजेको बताए। उनले संवैधानिक परिषदको निर्णयलाई गुण्डागर्दीको संज्ञा दिए।

उनले भने, ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौं भनेको हो। एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन। तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन्। मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन्। जता पायो त्यतै नारा नलाउनुस् भनेको मात्र हो।’

आफू एमसीसीको समर्थनमा पनि नगरेको र नीति पनि नबदलेको भन्दै हालै अमेरिकी राजदूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिने बारे छलफल गरेको बताए। आफूले एमसीसी अश्विकार पनि नगरेको र समर्थन पनि नगरेको प्रचण्डले प्रष्ट पारे।

हामी पलायन भएका छैनौं 

प्रचण्डले फेरि विरोधमा जाने बताएका छन्। उनले भने, ‘यो सफलता असफलताको विषय हैन। यसलाई मिनिमाइज गरेर हेर्दा न्याय हुँदैन। हामी फेरि पनि प्रतिगमनविरुद्ध सत्यको पक्षमा जानेछौं। यो नेकपा र हाम्रो मात्र विरोध हैन। यो संविधानमाथिको घात नै हो। लोकतन्त्रमाथिको घात नै हो।’

उनले पत्रकार बुद्धिजीवी साहित्यकार पत्रकार सबै यो प्रतिगमन नै हो भनेर लागेकाले यो कम्युनिष्ट पार्टीको मात्र कुरा नभएको जिकिर गरे। सबै संगठन यो अलोकतान्त्रिक भएकाले सडकमा आएको बताए।

प्रचण्डले सत्तामा रहने बाहेक सबैले यसलाई प्रतिगमनको विरोधमा रहेको उनले दाबी छ। हिजो सामन्तिहरूले देशभरबाट मान्छे ओसारेका भन्दै उनले लोकतन्त्रको पक्षमा हेर्न पत्रकारलाई आग्रह गरे। यसलाई व्यक्तिगत रुपमा नहेर्न र मुद्दा हेर्न पनि अनुरोध गरे।

संवैधानिक आयोगमा नियुक्तिप्रति र केपी ओलीले ल्याएका अध्यादेशलाई असंवैधानिक भन्दै उनले पार्टी र सहमति बेगर ल्याइएको यो असंवैधानिक भएको बताए। केपी ओलीले संविधानको निर्ममतापूर्वक हत्या गरेको प्रचण्डको आरोप छ।

कसैले सामान खोस्यो भने तुरुन्त प्रतिवाद गरेजस्तै हिजोको आन्दोलन भएको उनले प्रचण्डको भनाइ छ। ‘हिजोको हडतालमा जनताको साथ भएको र काठमाडौंमा मात्र नभई अन्त पनि जनताले भित्रबाटै साथ दिएका छन्।’ उनले भने।

प्रकाशित : २०७७ माघ २३ गते १२:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI