पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते १२:२१
पक्राउका लागि प्रहरी पुगेपछि रामकुमारीको घरबाहिर युवा विद्यार्थीको नाराबाजी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरू समेत पुगेका छन् ।

झाँक्रीको घरबाहिर आएर नेकपा युवा कार्यकर्ताले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

झाँक्रीको घरबाहिर प्रहरी र नेकपा कार्यकर्ताको भीड लागेको छ । कार्यकर्ताले प्रहरी हस्तक्षेप बन्द गर, रामकुमारी झाँक्री हाइहाई भन्दै नाराबाजी गरिरहेका छन् ।
प्रकाशित : २०७७ माघ २९ गते १२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI