भारतको राजस्थानबाट धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत १९ गते ७:३३
भारतको राजस्थानबाट  धुलोसहितको प्रदूषित वायु नेपाल भित्रियो

बुधबार बिहान आकाश खुलेपछि  प्रदूषण घट्ने आशा पलाएको थियो तर अपराह्नतिरबाटै फेरि तुवाँलो बढेको छ ।

यो अवस्था अझै केही दिन रहने मौसमविद्ले जनाएका  छन् । भारतको राजस्थानबाट धुलो सहितको प्रदूषित वायु नेपाल भित्रिसकेकाले बिहीबार देखि काठमाडौँसहित विभिन्न क्षेत्रको जनजीवन थप प्रभावित हुने मौसम पूर्वानुमान  महाशाखाले जनाएको छ ।

डढेलो पूरै नियन्त्रणमा नआएकाले वायुमा धुलो र धुवाँ थपिने क्रम जारी छ ।

मौसमविद्  शान्ति कँडेलले भनिन्, “आज कम भयो भनेर खुसी हुने अवस्था देखिँदैन,  बिहीबार देखि  उस्तै गाढा प्रदूषणले आकाश ढाकिने छ ।”

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७७ चैत १९ गते ७:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI