शंकर पोखरेललाई अर्को झड्का: राजीनामा दिएर डाँगी पनि माओवादी प्रवेश

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २२ गते १६:४५
शंकर पोखरेललाई अर्को झड्का: राजीनामा दिएर डाँगी पनि माओवादी प्रवेश

बुटवल : नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन्। डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेर नेकपा माओवादी केन्द्रका उम्मेदवार कुल प्रसाद केसीको पक्षमा लागेका छन्। बुधबार प्रदेश सभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताए ।

उनले प्रदेश सभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको बताए । उनले थपे ‘संविधानको धारा १८० को क अनुसार राजीनामा आएको छ त्यहि अनुसार सचिवालयले प्रक्रिया अगाडि बढाएको छ।’

 

 

मुख्यमन्त्री पोखरेलकै गृह जिल्लाका डाँगीले पोखरेलको साथ छोडी माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाको समर्थनमा उभिएपछि उनी थप अफ्ठेरोमा परेका छन्।

घोराही उपमहानगरपालिकाका पूर्वमेयरसमेत रहेका डाँगी यअसघि एमाले भित्र माधवकुमार नेपाल पक्षधर हुन् । एहल बहुमतको सरकार बनाएको भन्दै मुख्यमन्त्रीले मन्त्रीमण्डल विस्तार गरिरहे पनि उनकै दलका सांसदले साथ छोड्दै गएका छन् । यसअघि दाङकै विमला वली खत्री माओवादीमा लागिन् भने कपिलवस्तुका दृघनारायण पाण्डे प्रदेश सभा सदस्यबाट राजिनामा दिएर कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित : २०७८ वैशाख २२ गते १६:४५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI