पेनाल्टी मिस गरेपछि एम्बाप्पेले मागे प्रशंसकहरूसँग माफी

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार १५ गते १५:३१
पेनाल्टी मिस गरेपछि एम्बाप्पेले मागे प्रशंसकहरूसँग माफी

फ्रान्सेली फूटबलका उदाउँदा सुपरस्टार खेलाडी किलियन एम्बाप्पेले सोमवार स्टिजरल्यान्डविरुद्ध युरोकपको खेलमा पेनाल्टीबाट गोल गर्न चुकेपछि प्रशंसकहरूसँग माफी मागेका छन् ।

उनलाई यस आघातपूर्ण घटनापछि आफूलाई ‘सुत्न गाह्रो’ हुने बताएका छन् ।

स्विटजल्यान्डका सबै खेलाडीले पेनाल्टीमा गोल गरेको भए पनि एम्बाप्पेको प्रहार स्विस गोलकीपर यान सोमरले रोकेका थिए ।

पाना पल्टाउन धेरै गाह्रो छ । पेनाल्टी गुमाएकोमा म माफी माग्छु । मैले टीमलाई सहयोग गर्न खोजेको थिएँ तर चुकें । अब मलाई सुत्न नै गाह्रो हुनेछ । तर मैले मन पराउने खेलमा यस्ता जोखिमहरू हुन्छन्,’ एम्बाप्पेले ट्विटरमा लेखे ।

‘तपाईं प्रशंसकहरू निराश हुनुहुन्छ भन्ने मलाई थाहा छ तैपनि म तपाईंहरूलाई सहयोगका लागि तथा हामीमाथि विश्वास गरेकाले धन्यवाद दिन्छु । अर्कोपालि थप बलियो भएर फर्किनु महत्त्वपूर्ण कुरा हो । स्विसहरूलाई बधाई तथा सौभाग्यको कामना,’ उनले थपे ।

पेनाल्टी गुमाएपछि एम्बाप्पे निकै निराश भएका थिए । उनलाई टीमका अन्य खेलाडीले सान्त्वना दिएका थिए ।

प्रकाशित : २०७८ असार १५ गते १५:३१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI