कावासोती । लगातार परेको अविरल वर्षाको कारणले आएको बाढीले गैंडाकोट-९ स्मृति पुल
नजिकै डाइभर्सन बगाउँदा पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडकखण्ड अवरुद्ध भएको छ ।
अविरल वर्षा पछि आएको बाढीका कारणले गए राती ९ बजेको समयमा डाईभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसुदन सिंहले बताए । अहिले पनि लगातार वर्षा भैरहेकोब हुँदा डाईभर्सन मर्मत गरेर सडक सुचारू गर्न केही समय लाग्ने सिंहले बताए ।
त्यसै गरि पुर्व पश्चिम् राजमार्गकै दाउन्नेमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दाउन्नेको पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०७८ भदौ ११ गते ८:३६
Facebook Comment