७२९ स्थानीय तहको मतपरिणाम : ३२० स्थानीय तह जित्दै एमालेलाई कांग्रेसले १२१ स्थान पछि पार्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ९ गते १२:२७
७२९ स्थानीय तहको मतपरिणाम : ३२० स्थानीय तह जित्दै एमालेलाई कांग्रेसले १२१ स्थान पछि पार्‍यो

कावासोती। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत ७२९ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । थप २२ स्थानमा मतगणना जारी छ । दुई स्थानीय तह उदयपुरको त्रियुगा र बाजुराको बुसिढगंगामा मतदानकै प्रक्रिया बाँकी रहेका कारण ती स्थानीय तहको मतपरिणाम अनिश्चित छ ।

मतपरिणाम सार्वजनिक भएका ७२९ पालिका माध्ये कांग्रेसले ३२० स्थानीय तह जितेर अग्रता कायम गरेको छ । थप ६ स्थानीय तहमा कांग्रेसले अग्रता कायम गरेको छ ।

१९९ स्थानीय तह जितेर नेकपा एमाले दोस्रो पार्टी बनेको छ । थप ६ स्थानीय तहमा एमालेले अग्रता कायम गरेको छ ।

१२० स्थानीय तह जितेर तेस्रो पार्टी बनेको नेकपा माओवादी केन्द्रले थप २ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

त्यसबाहेक २९ स्थानीय तह जितेर जनता समाजवादी पार्टी (जसपा) चौथो स्थानमा छ । उसले थप ३ स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१७ स्थानीय तह जितेर भर्खरै स्थापित दल नेकपा एकीकृत समाजवादी पाँचौ दल भएको छ । उसले थप दुई स्थानीय तहमा अग्रता कायम गरेको छ ।

१५ स्थानीय तह जितेर छैटौं भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले थप एक स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

प्रकाशित : २०७९ जेठ ९ गते १२:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI