गैंडाकोट भदौ ०८ । स्वर्गीय प्रअ जगदीश अधिकारीको स्मृतिमा भाग्योदय बिद्यालयमा निर्माण भएको अक्षय कोषबाट प्राप्त रकमले कुल बयानब्बे विद्यार्थीलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
भाग्योदय प्राथमिक बिद्यालयका प्रधानाध्यापक जगदीश अधिकारीको २०५२ भाद्र ८ गते सडक दुर्घटनामा निधन भएको थियो । सोही समयदेखिनै स्वर्गीय प्रअको स्मृतिमा परिवारले अक्षय कोषको निर्माण गरि सोही कोषबाट ब्याज स्वरुप आउने रकमले विद्यार्थी हरुलाइ हरेक वर्ष यसैगरी शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको बिद्यालयका प्रधानाध्यापक डिल्ली अ्बैले जानकारी दिनु भयो । बिद्यालयमा अध्ययनरत छात्र छात्राले गरीबिका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै विद्यार्थीको क्षमतालाई उजागर गर्ने उदेश्यले आफुले बिगत २७ बर्ष देखि आफ्नो स्वर्गीय बुबाको स्मृतिमा यसैगरी शैक्षिक सामाग्री बितरण गर्दै आइरहेको र आगामी दिनमा बिद्यालयमा रहेको अक्षय कोषको रकमलाई वृद्धि गर्दै लैजाने प्रतिबद्धता स्वार्गिय अधिकारीका छोरा सुजन अधिकारीले बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थी, अभिभावक तथा बिद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । कार्यक्रममा नरहरी सापकोटा , नारायण प्रसाद सापकोटा , पबित्रा अधिकारी , जिरामान प्रधान , मधुबिलाश अधिकारी ,लिलावती दराइ , गङ्गाधर सापकोटा लगाएतको उपस्थिति रहेको थियो थियो । कार्यक्रम बिद्यालय व्यवस्थापन समितिकि अध्यक्ष पबित्रा अधिकारीको अध्यक्षतामा सप्पन्न भएको थियो ।
प्रकाशित : २०७९ भदौ ८ गते १९:३३
Facebook Comment