No ads found for this position

अभिनेता दयाहाङ राई र ‘धुर्मुस’ कमेडी श्रृङ्खला ‘सक्किगोनी’ मा देखिने

NAWALPUR TIMES
प्रकाशित : २०७६ फागुन १ गते १५:५७
No ads found for this position
अभिनेता दयाहाङ राई र ‘धुर्मुस’ कमेडी श्रृङ्खला ‘सक्किगोनी’ मा देखिने
No ads found for this position

अभिनेता दयाहाङ राई र सिताराम कँट्टेल ‘धुर्मुस’ कमेडी श्रृङ्खला ‘सक्किगोनी’ मा देखिने भएका छन्। फागुन ९ बाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ प्रचारका लागि उनीहरु ‘सक्किगोनी’ मा पुगेका हुन् ।

विशेष पाहुनाको रुपमा ‘सक्किगोनी’ मा भित्रिएका उनीहरुको अभिनय रहेको श्रृङ्खला भाग २२ मा प्रसारण हुनेछ। टेलिश्रृङ्खलामा पहिलो पटक काम गर्दा रमाईलो अनुभूति भएको अभिनेता दयाहाङले बताए।
‘सक्किगोनी’ मा फिल्म ‘सेन्टि भाइरस’ प्रचार प्रसारमा साथ दिने हिसाबले विशेष भूमिकामा प्रकट हुन लागेको सितारामले बताए।

दयाहाङ राई, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, राजाराम पौडेल, विल्सनविक्रम राई, सन्दिप क्षेत्री लगायतको अभिनय रहेको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन्। 

प्रकाशित : २०७६ फागुन १ गते १५:५७
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI