बितेको २४ घण्टामा कुवेतमा ४ सय बढिमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ८ गते ६:४०
बितेको २४ घण्टामा कुवेतमा ४ सय बढिमा कोरोना संक्रमण

खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म १२४ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ १७ हजार ५ सय ६८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ४ हजार ८ सय ८५ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ । कुवेतमा हाल १ सय ६७ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । कुवेतमा बितेको २४ घण्टामा ३ जनाको कोरोनाका कारण ज्यान गएको छ । भने आजै ८ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ३ लाख २६ हजार २ सय ५२ जना मानिसको मृत्यु भइसकेको छ । भने ५० लाख ३७ हजार ९९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या १९ लाख ९० हजार १ सय ५६ जना रहेका छन् ।

प्रकाशित : २०७७ जेठ ८ गते ६:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI