संसदमा हिन्दी भाषा बोल्नुको कारण सहित लिखित जवाफ पेस गर्न सर्बोच्चको निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते २१:४२
संसदमा हिन्दी भाषा बोल्नुको कारण सहित लिखित जवाफ पेस गर्न सर्बोच्चको निर्देशन

सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ। बिहीबार सर्वोच्च अदालतले संसद्‍मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो । 

अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसद्‍मा नेपाली भाषा बोल्न विधायकलाई किन नलगाएको भन्दै कारणसमेत मागेका हुन् । 

प्रकाशित : २०७७ असार ११ गते २१:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI