मरिनाको भिडियो अपलोड गर्ने सोनुको चेतावनी

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १२ गते ०:१३

मुम्बई : सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा परिवारवादको बहसले उग्र रूप लिएको छ। गायक सोनु निगमले संगीत जगमा फिल्म उद्योगभन्दा धेरै माफियाको राज भएको बताएपछि यसले सनसनी मच्चाएको छ।

सोनु यतिमा मात्रै चुप लागेनन्। उनले टी सिरिजका हर्ताकर्ता भूषण कुमारलाई चेतावनी पनि दिए। सोनुले भने, ‘मसँग जोरी नखोज नत्र मरिना कुँवरको भिडियो युट्युबमा अपलोड गरेर भूषणकुमारलाई एक्सपोज गरिदिन्छु।’

सोनुको यो भनाइपछि मरिनाको खोजी तीव्र भएको छ। आखिर मरिना को हुन् र उसको भिडियोमा के छ जसका आधारमा सोनुले भूषणकुमारलाई चेतावनी दिए ? अहिले यसको खोजी भइरहेको छ। फिल्म अभिनेत्री पायल रोहतगीसँग यो भिडियो छ जसमा मरिना एक टीभी च्यानलसँग कुरा गरिरहेकी छन्। भिडियोमा मरिना भूषणको बारेमा बोलिरहेकी छन्।

मरिनाले भनेकी छन्, ‘एक म्युजिक भिडियोको सिलसिलामा हनी सिंहसँग म भूषणकुमारको अफिसमा गएको थिएँ। त्यतिबेला भूषणले आफू एक प्रेस कन्फ्रेन्समा व्यस्त भएको र पछि भेट्ने बताए।’

पछि भूषणले आफ्नै घरमा भएको अफिसमा आउन र त्यहीं कुरा गर्ने भनेको मेरिनाको भनाइ छ। मरिना निर्धारित समयमा भूषणको घरस्थित अफिसमा पुगिन्। मरिनाको आरोप छ कि घर पुगेपछि भूषणले उनीमाथि दुर्व्यवहार गर्न थाले। त्यतिबेला श्रीमतीले बोलाएपछि उनी भागेको मरिनाको भनाइ छ।

मरिना मोडल तथा अभिनेत्री हुन्। उनी सीआईडी र आहटजस्ता टीभी धारावाहिकका केही एपिसोडमा देखिएकी थिइन्। उनलाई अक्षय कुमारकी नायिका बन्ने मौका फिल्म ‘मिलियन डलर बेबी’ मा मिलेको थियो। तर फिल्म बनेन।

अभिनेता मयूर बर्मासँग मरिनाको रोमान्स पनि चलेको थियो तर २०१६ मा दुवै अलग भए। उनलाई बिग बोस– ९ मा भाग लिने अवसर प्राप्त भएको थियो। एजेन्सी

प्रकाशित : २०७७ असार १२ गते ०:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI