गैँडाकोटका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १७ गते ७:५७

प्रकाश भण्डारी, गैँडाकोट

corona
corona

गैँडाकोटमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। गैँडाकोट नगरपालिका भित्र बिभिन्न क्वारेन्टाइनमा रहेका २ महिला र ९ पुरूष सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज कोरोना संक्रमण पुष्टि हुनेहरू सबै बैदेशीक रोजगारीबाट नेपाल फर्किएका र सबैजना क्वारेन्टाइनमा बसेका हुन। जसमध्ये गैँडाकोट नगरपालिका वडा नं. २ का २५ बर्षीय पुरूष कुवेत, वडा न‌ं. १ का ४१ बर्षीय पुरूष साउदी अरब, वडा नं. १४ का २७ बर्षीय पुरूष जापान, वडा नं. १२ का ३० बर्षीय पुरूष दुवई, वडा नं. ९ का ५० बर्षीय पुरूष दिल्ली, वडा नं. ४ का २ पुरूष र ५१ बर्षीया महिला (कुवेत), गैँडाकोट ५ का ३७ बर्षीय पुरूष र वडा नं. ६ का २ पुरूषमा संक्रमण पुष्टि भएको हो।

भरतपुरमा रहेको कोभिड १९ प्रयोगशालामा भएको परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो भने पुन: थपिएका १ जना पुरूषको उपचारको क्रममा कोरोना संक्रमण देखिएको गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले बताउनुभयो। उपचारको क्रममा देखिएका कोरोना संक्रमितको थप जानकारी आईनसकेको उहाँले बताउनुभयो।

उहाँहरुलाई अहिले रजहर स्थिती प्राकृतिक चिकित्सालयमा रहेको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ। यो सँगै गैँडाकोटमा संक्रमितहरूको संख्या २९ पुगेको छ।

प्रकाशित : २०७७ असार १७ गते ७:५७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI