गैँडाकोट मोनिका सुनचाँदी पसल चोरीमा संलग्न ३ अभियुक्त सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते १०:३४

प्रकाश भण्डारी, गैँडाकोट

गैंडाकोट नगरपालिका वडा नं. ४ काङ्ग्रेस चोक बजारको उत्तरपट्टी रहेको मोनिका सुनचाँदी पसल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । 

फागुन १८ गते गैंडाकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुन चाँदी पसल चोरीमा संलग्नलाई ईलाका प्रहरी कार्यालय गैंडाकोटले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ्ग गाउँपालिका १ स्थाई घर भई ललितपुुर महालक्ष्मी नगरपालिका ५ टिकाथली राधा कृष्ण चोक वस्ने २४ वर्षीय अनुज लामा, सिन्धुपाल्चोक वाह्रबिसे नगरपालिका वडा नं. ३ घर भई भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका ८ वस्ने २८ वर्षीय तिर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक धुलीखेल नगरपालिका १२ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका ८ सिपाडोल बस्ने ४० वर्षीय जितबहादुर तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व, इलाका प्रहरी कार्यालय गैंडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा र महानगरीय अपराध महाशाखा काठमाण्डौबाट खटिएको संयुक्त प्रहरी टोलीले बिभिन्न उपलब्ध प्रविधिबाट घटनास्थलमा अनुसन्धानको क्रममा देखिएका शंकास्पद मोवाइल नम्वर तथा जनशक्तिको माध्यमबाट चोरी गर्ने व्यक्तिहरुको खोजतलास गने क्रममा उनीहरुलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गैडाकोटमा आज आयोजित पत्रकार सम्मेलनमा एसपी दिपक रेग्मीले जानकारी दिनुभयो।

पक्राउ पर्ने मध्ये एकले सुन लगेपश्चात पगालेर रड जस्तै वनाई एकजनाको भागमा १० देखि १२ तोला वाँडेको वयान दिएको प्रहरीको भनाई छ ।

उनीहरुको साथबाट सुनका विभिन्न गरगहना १२ तोला ५ प्वाइन्ट, चोरीकार्यमा प्रयोग भएका विभिन्न कम्पनीका ६ थान मोवाईल, फोडिएको अवस्थामा सेफ लकर, प्रदेश ३–०२–०१४ नम्वरको नयाँ स्कुटर एक थान, ठेला रिक्सा १ थान, खैरो रगको कपडाको पाईन्ट एक थान वरामद भएको छ।
त्यस्तै सेफ फोड्नका लागि गल १, घन १, छिनो २ टेष्टर १ सलाई रेन्ची १, सानो निलो बाल्टी १, ग्याँस रेगुलेटर सहितको अक्सिजन सिडिण्डर १ र सुन राख्न प्रयोग गरिने ट्र ६ थान वरामद भएको छ।

गैंडाकोट नगरपालिका वडा नं. ४ काङ्ग्रेस चोक बजारको उत्तरपट्टी रहेको मोनिका सुनचाँदी पसल फोडेर तयारी सुनका गरगहना ६९ तोला ५ लाल सुन र चाँदीका तयारी गरगहना १ किलो तथा नगद ७ लाख राखिएको सेफ लकर सहित चोरी भएको थियो।

पक्राउ परेकाविरुद्ध यही असार १४ गतेबाट लागु हुने गरी डाँका चोरी मुद्दामा म्याथ थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : २०७७ असार १९ गते १०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI