विश्वभर १ करोड ११ लाख ९० हजारमा कोरोना संक्रमण, मृतकको संख्या ५ लाख २९ हजार

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २० गते ८:१२
corona

विश्वभर १ करोड ११ लाख ९० हजार ६८० भन्दा धेरै व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख २९ हजार ११३ पुगेको छ । अमेरिका सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित हुने देश हो । त्यहाँ २८ लाख ९० हजार ५८८ जनामा कोरोना पुष्टि भएको छ ।

अमेरिकामा हालसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ४३ हजार ३४१ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी, ६३ हजार २५४ जनाको ज्यान गएको छ ।

विश्वभर हालसम्म ६२ लाख ९७ हजार ९ सय ११ कोरोना संक्रमित निको भई घर फर्किएका छन्।

प्रकाशित : २०७७ असार २० गते ८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI