वडा अध्यक्ष श्रेष्ठको संयोजनमा कावासोती नगरपालिकालाई भिटिएम हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३१ गते २०:३४

कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठको संयोजन तथा स्थानीय युवाहरूको सहयोगमा बुधबार ८५ थान भिटीएम कावासोती नगरपालिकालाई हस्तान्तरण गरिएको छ।

कावासोती निवासी राजकुमार श्रेष्ठ २५ थान, सचिन श्रेष्ठ २५ थान, दिपू थापा र जीतनारायण श्रेष्ठ २५ थान, प्रबिन सापकोटा ५ थान र किरण भूर्तेलले सहयोग गरेको ५ थान गरी जम्मा ८५ थान भिटीएम हस्तान्तरण गरिएको वडा नम्बर ०३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठले बताएका छन ।

कोरोना संक्रमणको परिक्षणले तिब्रता पाओस भनेर भिटिएम हस्तान्तरण गरिएको श्रेष्ठ बताउछन। यस अघि पनि श्रेष्ठको संयोजनमा कावासोती नगरपालिकालाई भिटिएम तथा पिपिई हस्तान्तरण गरिएको थियो।

कावासोती नगरपालिकाकाका उप प्रमुख प्रेम शंकर मर्दनियालाई वडा नम्बर ३ का वडा अध्यक्ष अमृत कुमार श्रेष्ठले भिटिएम हस्तान्तरण गरेका हुन ।

प्रकाशित : २०७७ असार ३१ गते २०:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI