सभापतिका प्रतिष्पर्धीलाई चुनावमा पार्टी पहिलो नभए पद त्याग गर्छु भन्ने प्रतिवद्धता गराऔं : गगन थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १० गते १५:१८
सभापतिका प्रतिष्पर्धीलाई चुनावमा पार्टी पहिलो नभए पद त्याग गर्छु भन्ने प्रतिवद्धता गराऔं : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन नसके १४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धीलाई पद छोड्ने प्रतिवद्धता गराउनुपर्ने बताएका छन् ।

काठमाडौंमा शनिवार कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको प्रयास विषयक अन्तक्रिया कार्यक्रममा थापाले सभापतिले आम चुनावमा पार्टीलाई बहुमत दिलाउन नसके २ वर्षमा सभापति त्यग्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

उनले आफुहरु नै सभापतिको उमेदवार बन्ने भन्दा पनि आफूले भोट हाल्ने सभापतिलाई पार्टीलाई बहुमत दिलाउन नसके पद छोड्छु भन्ने लिखित प्रतिवद्धता गराउन सके युवाहरु सफल हुने बताए ।

उनले भने भने, ‘हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो । यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ ।’

उनले विचार र नेतृत्व ठीक भए कांग्रेस भरोसाको केन्द्र हुने भन्दै पार्टीको नेतृत्व र विचार एकढिक्का भएको बेलामा कांग्रेस पहिलो पार्टीको रुपमा नेतृत्व गर्न सफल भएको पनि स्मरण गरे ।

प्रकाशित : २०७७ साउन १० गते १५:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI