पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते २३:३०
पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं- पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा एक जना काठमाडौं र अर्का एक जना धनुषाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षीय पुरुषको र धनुषाका ७६ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो।

काठमाडौंका पुरुष ६ गते शनिबार अस्पतालमा भर्ना भएका थिए। धनुषाका पुरुषलाई साउन २५ गते अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार सोमबार साँझ ८ बजेसम्म ललितपुर जिल्लामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै ललितपुर महानगरपालिकामा १३ जना छन्। यस्तै महालक्ष्मी नगरपालिकामा ४ र गोदावरी नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन्।

ललितपुरमा हालसम्म ४८७ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित : २०७७ भदौ ८ गते २३:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI