भरतपुरको सिएमएसमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि देवचुली-१०को मिलन टोल सिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते १७:४६
भरतपुरको सिएमएसमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि देवचुली-१०को मिलन टोल सिल

कावासोती । भरतपुरको  कलेज अफ मेडिकल साईन्समा कार्यरत देवचुली नगरपालिका वडा नम्बर १० कि २४ वर्षिय महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भए पछि वडा नम्बर १० को मिलनटोल सिल गरिएको छ ।

संक्रमित स्वास्थ्यकर्मी अस्पतालबाट घर आउने जाने गरेको हुँदा  भदौ १५ गते रातको १२ बजे सम्मको लागि उक्त टोल शिल गरिएको देवचुली नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ ।

नगरपालिका द्वारा जारी विज्ञप्तिमा भदौ १५ गते रातको १२ बजे सम्म पूर्वमा भगवती टोल, पश्चिममा धौलागिरी टोल, उत्तरमा मिलन टोल र दक्षिणमा प्रगतिनगर हाट बजार चोक सम्म जनाईएको छ ।

प्रकाशित : २०७७ भदौ १० गते १७:४६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI