पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १३ गते १७:५०
पछिल्लो २४ घन्टामा थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौं – नेपालमा एकै दिन थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ७ पुगेको छ।

आठ वटा जिल्लाका ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पाल्पामा ३० वर्षीया महिला, काठमाडौंमा ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

यस्तै, पाल्पामा ४८ र ३९ वर्षीय पुरुष, सिरहामा ८४, गोरखामा ३८, कास्कीमा ५८, ललितपुरमा ७२ र ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शुक्रबार पनि १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा मृत्युदर शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २०७७ भदौ १३ गते १७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI