अखिलमा आन्तरिक विवाद चर्किदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १६ गते १४:०८
अखिलमा आन्तरिक विवाद चर्किदै

काठमाडौं, १६ भदौ । नेकपा नेतृत्वमा विवाद समाधानउन्मुख छ । तर पार्टीका भातृसंगठनहरु भने अझै मिल्न सकेका छैनन् । नेकपाको बिद्यार्थी संगठन अनेरास्ववियुमा यतिबेला विवाद चर्किएको छ । अनेरास्ववियुका संयोजक र सह–संयोजक दुवै अराजक शैलीका भएकाले विवाद बढेको छ । अनेरास्ववियुको संयोजकमा ऐन महर तथा सह–संयोजकमा रञ्जित तामाङ छन् ।

तामाङले हालै संगठनमा छलफल नै नगरी शैक्षिक क्षेत्रसम्बन्धि २१ बुँदे माग राखेर ज्ञापनपत्र बुझाएपछि विवाद बढेको हो । संयोजकले शैक्षिक मुद्दामा कुनै चासो नदिएको भन्दै उनले छुट्टै ज्ञापनपत्र बुझाएका हुन् । जसको विरोधमा सामाजिक सञ्जालमा पूर्व एमाले र पूर्व माओवादी निकट बिद्यार्थी नेताबीच आरोप प्रत्यारोप चलेको छ । तामाङ पूर्व माओवादी निकट हुन् । उनले विगतमा नेताहरुलाई धम्काएको अडियो समेत यतिबेला सार्वजनिक गरिएको छ । महरले तामाङमाथि कारबाहीको माग समेत गरेपछि विवाद चर्किएको छ ।

संयोजक र सहसंयोजक दुवै जना शैक्षिक एजेन्डा भन्दा आर्थिक एजेन्डामा केन्द्रीत रहेकाले विवाद बढेको स्रोत बताउँछ । दुवै नेताको रहरलाग्दो जीवनशैली छ, तर आम्दानीको स्रोत भने देखिँदैन । महर त महंगो कार चढछन् । जबकी उनको कुनै व्यवसाय छैन । अनेरास्ववियुकै आडमा उनले करोडौं कमाएको नेताहरु बताउँछन् । तामाङ पनि आर्थिक रुपमा सबल छ । नेताहरु पैसा कमाउन मात्र लाग्दा अनेरास्ववियू भने अस्तव्यस्त बनेको छ । अहिलेसम्म एकताको काम समेत सम्पन्न हुन सकेको छैन । देशमा महामारी रहेको बेला कम्युनिष्ट पार्टीका कार्यकर्ता स्वयम्सेवामा खटिनुपर्नेमा संगठनभित्रै मारामार गरेर बसेका छन् ।-दृष्टिबाट

प्रकाशित : २०७७ भदौ १६ गते १४:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI