सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १४ गते १६:१३
सहमतिद्धारा अस्पताल वेड सहित स्वास्थ्य सामाग्री सहयोग

असोज १४ । लुथरन वल्र्ड रिलिफको सहयोगमा सहमति गैंडाकोटले नवलपुर जिल्लाको एक मात्रै अस्थायी कोभिड १९ अस्पताल रजहर प्राकृतिक चिकित्सालयको इमरजेन्सी कक्षका लागि आधुनिक ७ वटा अस्पताल वेड सहित २ लाख ४१ हजार ३९४ रुपैया वरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको सहमतिका अध्यक्ष करुणसागर सुवेदीले जानकारी दिनुभयो ।
लुथरनको साझेदारीमा संचालित कोभिड १९ प्रतिकार्य तथा जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत ७ थान अस्पताल बेड, ६ थान अक्सिजन सहितको सिलिण्डर र ६ थान अक्सिजन कनेक्सन सेट प्रमुख अतिथि एवम प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराइले चिकित्सालयका अध्यक्ष सन्तवहाुदर क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै भट्टराइले संक्रमित निको पार्न रजहरले उत्कृष्ट कार्य गरिरहेको भन्दै नेपालकै उत्कृष्ट आइसोलेसनको पहिचानलाई थप उचाईमा पुर्याउन र इमरजेन्सी कक्षका लागि अत्यन्त आवश्यक सामाग्री सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो । पवित्र मन भए स्रोतको अभाव नहुने भन्दै संकटको समय सारथी वन्ने संस्था र पदाधिकारीलाई थप सामाजिक कार्य गर्न आग्रह गर्नुभयो ।

पछिल्लो समयका संक्रमितहरुमा लक्षण देखिन थालेपछि चिकित्सालयमा इरजेन्सी कक्षको स्थापना गरिएको थियो । तर खाटमा राखेर उपचार गराउनुपर्ने वाध्यता भएपछि सहमितले लुथरनसँगको सहयोगमा आज सो सामाग्री सहयोग गरेको सहमति गैंडाकोटका अध्यक्ष करुणासागर सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै सुवेदीले मानविय सेवा नै सर्वोत्तम सेवाभावबाट प्रेरित हुँदै उपचारमा सहज गराउन आफूहरुले सहयोग गरेको बताउँदै संक्रमितको उपचारमा अव्वल आइसोलेसनमा रहेकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरकी उपप्रमुख शारदा विश्वकर्माले विरामीलाई आफू संक्रमित हुँ भन्ने सोचाई आउनै नदिएर उपचार गर्ने पद्धती सवैभन्दा राम्रो भएको भन्दै यसको थप विकासमा सहमति र लुथरन संस्थाले गरेको सहयोगकको प्रशंसा गर्नुभयो।
कार्यक्रममा बोल्दै चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आइसोलेसनमा रहेका विरामीले असहज परिस्थिती भोग्नु नपरोस भनी निरन्तर सचेत रहेको भन्दै संस्थाले दिएको स्वास्थ्य सामाग्रीले उपचारमा ठूलो मद्दत मिल्ने बताउनुभयो ।

चिकित्सालयका निर्देशक डा विनोद पौडेलले इमरजेन्सीमा अहिले ५ वटा खाटमा राखेर उपचार गराउन वाध्य भएको भन्दै संस्थाले दिएको फोल्डिङ सहितका वेड सहयोग पछि वेड सख्या पनि थपिएको र थप व्यस्थित उपचार गर्न सजिलो हुने बताउनुभयो । संस्थाले गरेको सहयोगबाट लक्षण सहितका विरामीले उपचार नपाउने अवस्था आउन नदिन ठूलो सहयोग मिलेको उहाँको भनाई थियो ।
कार्यक्रममा चिकित्सालय रहेको वडानम्वर १६ का वडाअध्यक्ष केशरवहादुर क्षेत्रीले सहमति लुथरन जस्तै धेरै सहयोगी मनहरुले चिकित्सालयको सान सँगै वडालाई चिनाउन ठूलो सहयोग मिलेको बताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम सहमति संस्थाका पूर्व अध्यक्ष भिमप्रसाद शर्मा,सहमतिका पूर्व अध्यक्षहरु होमनाथ सुवेदी, रत्न प्रसाद सापकोटा, कोषाध्यक्ष वेदप्रसाद पौडेल,कार्यसमिति सदस्य दयासागर सुवेदी ,चिकित्सालयका व्यवस्थापक हरि सापकोटा लगायतले बोल्नुभएको थियो । सहमतिका अध्यक्ष करुणासागर सुवदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव नगेन्द्रप्रसाद रिजालले गर्नुभएको थियो । सो अवसरमा चिकित्सालयले स्वास्थ्य सामाग्री सहयोग गर्ने संस्थालाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । चिकित्सालय स्थापना देखि आज सम्म ५२७ जना निको बनाइसकेको र अहिले २ जना इमरजेन्सी कक्षमा सहित ८२ जना संक्रमित चिकित्सालयमा छन ।

प्रकाशित : २०७७ असोज १४ गते १६:१३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI