रजहर खानेपानी निर्वाचन : त्रिपक्षीय प्रतिस्पर्धा

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर २४ गते १६:५८
रजहर खानेपानी निर्वाचन : त्रिपक्षीय प्रतिस्पर्धा

कावासोती । रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यहि मंसिर २७ गते हुने कार्यसमिति र लेखा समितिको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन भनिए पनि राजनैतिक दलहरु प्यानलनै खडा गरेर मैदानमा उत्रिएका छ्न ।

मंसिर २७ गते हुन लागेको कार्यसमिति र लेखा समितिको निर्वाचनमा प्रगतिशील प्यानलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा पार्टीले र प्रजातान्त्रिक प्यानलमा नेपाली काँग्रेस र राष्ट्रिय प्रजातान्त्रिक पार्टीले संयुक्त उम्मेदवारी दिएका छन । समितिको दुई पद अध्यक्ष र कोषाध्यक्षका लागि  विवेकशील साझाको पनि उम्मेदवारी परे पछि निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।

रजहर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्ष पदका लागि गंगा बहादुर थापा, गोविन्द प्रसाद सापकोटा र हरि प्रसाद गौतमको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टोप राज कोइरालाले जानकारी दिए । अध्यक्ष पदका लागि थापा प्रगतिशीलका उम्मेद्वार हुन भने सापकोटा प्रजातान्त्रिकका उम्मेद्वार हुन र गौतम विवेकशील साझा पार्टीको उम्मेद्वार हुन ।

यसैगरि उपाध्यक्ष पदका लागि लाल प्रसाद अधिकारी र टिका शर्मा भुसाल, सचिव पदका लागि नारायण पौडेल र संगिता बराल सापकोटा, सहसचिवको पदका लागि मनिकला आचार्य र जमुना कंडेल, कोषाध्यक्ष पदका लागि तिर्था चालिसे (सुष्मा), डिलमाया मरासिनी र जमुना अर्यालको उम्मेद्वारी परेको छ ।

यसैगरि सदस्य पदका लागि साविक रजहर १ बाट एकनाथ पुडासैनी र मुक्ति प्रसाद पौडेल, रजहर २ बाट तुलसी महतो र खोर बहादुर थनेत, रजहर ४ बाट टेक बहादुर तामाङ र विदारी लाल तामाङ, रजहर ५ बाट विश्वनाथ पौडेल र गंगाराम थनेत, रजहर ६ बाट सावित्री खरेल र अमर बहादुर मल्ल, रजहर ७ बाट धन बहादुर अधिकारी र खुम बहादुर अधिकारी, रजहर ८ बाट नर बहादुर दर्जी र मिना आचार्यको उम्मेद्वारी परेको निर्वाचन संयोजक कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार खानेपानी समितिको लेखा संयोजक पदका लागि हरि काफ्ले र गणेश बहादुर रायमाझी, सदस्य पदका लागि चुण्ड प्रसाद सापकोटा, पुनम गुरुङ, शान्त कुमार वाग्ले र शान्ती चालिसेको उम्मेदवारी परेको छ ।

खानेपानीको निर्वाचन भए पनि स्थानीय तहको निर्वाचनको झल्को दिने गरि राजनैतिक दल र दलको समर्थनमा खडा भएका उम्मेदवारहरु यति बेला मतदाता सँग भोट माग्न व्यस्त देखिन्छन् ।

निर्वाचनमा मतदान गर्न पाउने सूचीमा धारा भएका २ हजार ३ सय ७२ उपभोक्ता रहेको जनाईएको छ ।

प्रकाशित : २०७७ मंसिर २४ गते १६:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI