दलदलेमा कार र स्कुटी एक आपसमा ठोकिदा ३ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १२ गते १८:१२
दलदलेमा कार र स्कुटी एक आपसमा ठोकिदा ३ जना घाईते

दलदलेमा सवारी साधन दुघर्टना हुँदा ३ जना घाइते भएका छ्न  । देवचुली-१३ दलदले स्थित भित्री सडकको दर्लामी चोकमा  दक्षिण तर्फ जादै गरेको बा११ प ६३७७ नम्बरको कार र विपरीत दिशाबाट जादै गरेको लु ६६ प ७५१५ नंम्बरको स्कुटर बिच एक आपसमा ठक्कर खाँदा  स्कुटरमा सवार देवचुली ९ विशालटार बस्ने बर्ष १८ की अंजना झेडी, बर्ष १८ की मुना सारु र धरान नगरपालिका १६मा बस्ने बर्ष १८ की रोशु राई घाईते भएका छ्न । घाइतेहरुलाई उपचारका लागि दलदलेमा रहेको देवचुली अस्पतालमा लगिएको अस्थाई प्रहरी पोष्ट दलदलेले जनाएको छ ।

प्रकाशित : २०७७ पुष १२ गते १८:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI