तमु ल्होसार(पन्ध्र पुस)मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १४ गते २०:०८
तमु ल्होसार(पन्ध्र पुस)मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
कावासोती :तमु ल्होसारका दिन बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो ।

 

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा बिदा दिने निर्णय गण्डकी सरकारले यस अघि नै गत वर्ष गरेको थियो ।

 

 

राजपत्रमा सूचना नै प्रकाशित गरेर सरकारले यस वर्षका लागि जनैपूर्णिमा, इद, तमु ल्होसार, माघेसंक्रान्ति र सनम ल्होसारमा बिदा दिने निर्णय गरिएको थियो ।
प्रकाशित : २०७७ पुष १४ गते २०:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI